
काठमाडौं: मंगलबार काठमाडौंमा ‘कामना फिल्म अवार्ड २०७४’ समारोह सम्पन्न भयो। अवार्ड कार्यक्रमको तेस्रो संस्करणमा फिल्म 'छक्कापञ्जा' उत्कृष्ट घोषित भयो। कमेडी ड्रामाले अन्य शीर्ष विधामा सर्वाधिक अवार्ड हात पार्यो।
उत्कृष्ट फिल्मसँगै उत्कृष्ट डेब्यु निर्देशक, उत्कृष्ट खल नायकमा दीपकराज गिरी, उत्कृष्ट सह अभिनेता जितु नेपाल, उत्कृष्ट हास्य अभिनेता केदार घिमिरे र उत्कृष्ट नृत्य निर्देशकको उपाधी कविराज गहतराजले छक्कापञ्जाको लागि जितेका हुन्। उत्कृष्ट संवाद पनि फिल्म छक्कापञ्जाले नै जित्यो।
उत्कृष्ट निर्देशक फिल्म ‘गाजलु’का लागि हेमराज बिसी घोषित भए। त्यस्तै उत्कृष्ट अभिनेता ‘जात्रा’बाट विपिन कार्की र उत्कृष्ट अभिनेत्री ‘डाइङ क्यान्डल’बाट श्रृजना सुब्बाले जिते।
यस्तो छ विजेता सूची:
फिल्मः छक्का पञ्जा
निर्देशकः हेमराज बिसी ‘गाजलु’
अभिनेताः विपिन कार्की ‘जात्रा’
अभिनेत्रीः श्रृजना सुब्बा ‘डाइङ क्याण्डल’
सह अभिनेताः जितु नेपाल, छक्कापञ्जा
सह अभिनेत्रीः गौरी मल्ल, होमवर्क
खलपात्रः दीपकराज गिरी, छक्कापञ्जा
हाँस्य कलाकारः केदार घिमिरे, छक्कापञ्जा
नव निर्देशकः दीपाश्री निरौला, छक्कापञ्जा
नव अभिनेताः आर्यन अधिकारी, के म तिम्रो होइन र
नव अभिनेत्रीः श्रृष्टि श्रेष्ठ, गाजलु
बाल कलाकारः लाक्पा सिघे तामाङः डाइङ क्याण्डल
कथाः हेमराज बिसी, गाजलु
पटकथाः प्रदिप भट्टराई, जात्रा
संवादः दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे ‘छक्कापञ्जा’
छायाँकारः रविन आचार्य, डाइङ क्याण्डल
द्वन्द्व निर्देशकः हिमाल केसी, के म तिम्रो होइन र
सम्पादनः सुरेन्द्र पौडेल, गाजलु
शृङ्गारः सरोज बुढाथोकी, डाइङ क्याण्डल
ध्वनी मिश्रणः उत्तम न्यौपाने, गाजलु
पार्श्व संगीतः एलिश कार्की, के म तिम्रो होइन र
नृत्य निर्देशनः कविराज गहतराज, छक्कापञ्जा
पार्श्व गायकः कृष्ण काफ्ले, छक्का पञ्जा (सुन न चम्पा)
पार्श्व गायिकाः अञ्जु पन्त, किस्मत २ (यी आँखा लैजाउ)
संगीतकारः कालिप्रसाद बाँस्कोटाः लुट २ (ठमेल बजार)
गीतकारः डा. कृष्णहरी बराल, शब्द (हरपल)
लक्स पपुलर च्वाइस अवार्डः केकी अधिकारी
फोटो: दीपाश्री निरौला फेसबुक