
काठमाडौं: अन्तराष्ट्रिय गायन रियालिटि सो ‘द भ्वाइस’ नेपालमा पनि आयोजना हुने भएको छ। नेपाल आइडलपछि दोस्रो गायन प्रतियोगिताको फ्रेन्चाइज निर्देशन लक्ष्मण पौडेलले गर्ने पौडेल स्वयंमले पुष्टी गरे। पहिलोपोस्टसँगको कुराकानीमा उनले भने,'हामी आन्तरिक रुपमा पूर्ण तयार छौं। दुई महिना भित्र अनइयर समेत हुन्छौं।' उनले प्रसारण गर्नका लागि टेलिभिजन च्यानल टुङ्गो नलागेको समेत बताए।
यसअघि नेपाल टेलिभिजनमार्फत उक्त सो प्रसारण हुने खबर सार्वजनिक भएपनि पौडेलका अनुसार 'फिक्स्ड' भइसकेको छैन।
प्रतियोगिताको लागि चैतको पहिलो साताबाट अडिसन सुरु हुने बताइएको छ। सन् २०१० मा 'द भ्वाइस अफ हल्यान्ड'बाट सुरु भएको यो गायन प्रतियोगितालाई टाल्पा मिडिया होल्डिङले आयोजना गरेको हो। हाल विश्वभर अमेरिका, अफ्रिका, अस्ट्रेलिया, इन्डिया लगायत १९२ देशमा बिस्तारित छ।
नेपालका लागि निर्देशक लक्ष्मण पौडेललसँगै सुशील नेपाल, फिरोज तिमल्सिना, शिवराम श्रेष्ठ, करणराज कार्की, सोहन मानन्धर लगायत टिममा रहेको लक्ष्मण पौडेलले जानकारी दिए।