काठमाडौं: फिल्म 'शत्रु गते'को दोस्रो गीत रिलिज भएको छ। 'पिरतीको बर्को' बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। भिडियोमा दुई प्रमुख कलाकार पल शाह र आँचल शर्माको फिचरिङ रहेको छ।
सार्वजनिक गीतलाई अर्जुन भट्टराईले लेखेका हुन्। जसमा संगीत र स्वर भने कालिप्रसाद बास्कोटाको रहेको छ। भिडियोलाई प्रविन सिङले कोरियोग्राफ गरेका हुन्।
आउँदो चैत ९ गते रिलिज टार्गेट राखेको फिल्म शत्रु गतेलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन्।
फिल्मलाई रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौड्यालले संयुक्त लगानीमा निर्माण गरेका हुन्। हरिवंश आचार्यको कथा रहने फिल्ममा दीपकराज गिरी र प्रदिप भट्टराईले पटकथा लेखेका हुन्। संवाद लेखनमा पनि प्रदिप भट्टराईले हरिवंश आचार्यलाई सहयोग गरेका छन्।