PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

रणबिर सिंहलाई अमिताभ बच्चनले दिए अवार्ड



पहिलोपोस्ट

रणबिर सिंहलाई अमिताभ बच्चनले दिए अवार्ड

फिल्म 'पद्मावत' अभिनेता रणबिर सिंहलाई अमिताभ बच्चनले हस्त लिखित पत्र पठाए। उक्त पत्रलाई रणबिरले आफ्नो अवार्डको संज्ञा दिएका छन्। उनले पत्र पाउनुको खुशी ट्विटरमार्फत साटे। लेखेका छन्,'मुझे मेरा अवार्ड मिल गया।'

रणबिरले आधिकारिक ट्विटरमा पत्र र फूलको फोटो पोस्ट गरेका छन्। पद्मावतमा उनले गरेको अभिनयका लागि अमिताभ बच्चनले उक्त पत्र पठाएका हुन्। 

फिल्म पद्मावतमा एन्टागोनिस्टका रुपमा स्थापित उनले सुल्तान अलाउद्दिन खिलिजको भूमिका निर्वाह गरेका छन्। पद्मिनीप्रतिको लगावका कारण उनले चित्तरोमा युद्ध गर्छन्।

रणबिरले यसअघि पनि सन् २०१५ मा फिल्म 'बाजिराव मस्तानी'मा गरेको अभिनयका लागि पनि बच्चनबाट तारिफसहितको पत्र पाएका थिए। जसमा उनले पेशवा बाजिरावको भूमिका निभाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell