PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

खुकुरी टी-२० कप : भुपेन्द्रको शतकमा आर्मीको जित, जिएचसिए क्वाटरफाइनलमा



पहिलोपोस्ट

खुकुरी टी-२० कप : भुपेन्द्रको शतकमा आर्मीको जित, जिएचसिए क्वाटरफाइनलमा
इशान पाण्डे ब्याटिङ गर्दै

काठमाडौं : भुपेन्द्र थापाको नटआउट शतक मद्दतमा नेपाल आर्मीले पहिलो जित निकाल्दा लगातार ४ खेल जितेको जिएचसिए खुकुरी टी-२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको समूह सी को खेलमा आर्मीले ओएसिस क्रिकेट एकेडेमीलाई ११३ रनले हरायो भने जिएचसिएले नेपाल क्रिकेट स्कुललाई २९ रनले पराजित गर्‍यो।

मुलपानी क्रिकेट ग्राउण्डमा भएको पहिलो खेलमा जिएचसिएले २० ओभरमा ४ विकेट गुमाएर १७९रन बनाएकव थियो। उसका लागि इशान पाण्डेले नटआउट ६७ रन बनाए भने ओपनर अरुण ऐरीले ६१ रन जोडे।

जवाफमा नेपाल क्रिकेट स्कुलले २० ओभरमा ८ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो। उसका लागि ओपनर रवि शाहले ३७ तथा जितेन्द्र सिंह ठकुरले ३० रन जोडे।

जिएचसिएका रुपेश श्रीवात्सवले ३ तथा इशान पाण्डेले २ विकेट लिए।

समूह सी मा सबै ४ खेल जितेको जिएचसिए १२ अंक जोड्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

भुपेन्द्र थापा

यस्तै अर्को खेलमा आर्मीले पहिले ब्याटिङ गर्दै २ विकेट मात्र गुमाएर २३६ रन बनाएको थियो। आर्मीका लागि भुपेन्द्रले ६६ बल खेलेर ६ चौका र ६ छक्काको मद्दतमा नटआउट १०३ रन बनाए। यस्तै इन्द्रकमलले ८५ रन बनाए। जवाफमा ओएसिसले १८.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो। ओएसिसका लागि अभिनास सिंहले सर्वाधिक २१ रन बनाए। बलिङमा आर्मीका अभिनास बोहराले ४ तथा लोकेन्द्र चन्दले ३ विकेट लिए।

पहिलो खेलमा जिएचसिएसँग पराजित भएको आर्मीको यो पहिलो जित हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell