PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

यी हुन् १७ अवैध डाक्टर जो मनपरी उपचार गर्दाागर्दै समातिए



पहिलोपोस्ट

काठमाडौं : अनुमति नै नलिइ  चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई ७ दिन म्याद थप गरी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। प्रहरीले ठगी अभियोगमा म्याद थप गरेको हो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको इजलाशले थुनामै राखेर अनुसन्धान गर्न अनुमति  दिएको हो। गत सोमवार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले राजधानीका  विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर अवैध रुपमा काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिकलाई पक्राउ गरेको थियो।

राजधानीको ठमेलस्थित एपोलो इन्टरनेसनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटल लगायतका अस्पतालमा काम गरिरहेका विदेशीसहित अस्पताल संचालक पक्राउ परेका थिए।

पक्राउ पर्नेमा चाइना ग्रेटवालका सञ्चालक नारायण तिमल्सिना, लुङ युङचाओ, लुङ गोयुङ, सिविककी प्रतिभा पाण्डे, अस्ट्रेलियन नागरिक सराह एन्ने केम्प, एपोलो पोलिक्लिनिककी सञ्चालक मीनाकुमारी श्रेष्ठ, हुयाङ साओवेन, पान मेइ सङ, काइ सुसियान, लि लिङहोङ, जेङ सुहवा, लुओ लिमिङ, जियाङ हङ्गेवेई, लिउ जिक्विन, चाइना पिपुल्स हस्पिटलका जौ जी, वाङ जिङ्लो र चाइना डेन्टलका लि योङमेई रहेका छन्।

विदेशी डाक्टर नेपालमा अभ्यास गर्न मेडिकल काउन्सिलको अनुमति लिनुपर्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell