PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

फुल्चोकीमा भेटिए किशोर, के हराएका जोन नै हुन् उनी?



सविन ढकाल

फुल्चोकीमा भेटिए किशोर, के हराएका जोन नै हुन् उनी?

काठमाडौं : फुल्चोकीको जंगलमा एक किशोर भेटिएको सूचना पाएलगत्तै प्रहरी त्यता परिचालन भएको छ। केही दिनअघि हाइकिङमा गएका एक किशोर त्यहाँबाट गायव भएका थिए। उनको प्रहरीले खोजी गरिरहेको छ। प्रहरीले नोटिसमा आएका किशोर उनै भए नभएको भने खुल्न नसकेको जनाएको छ 

ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत जोन तामाङ ६ दिनयता सम्पर्कविहीन छन्। किशोर जंगलमै हराएको हुनसक्ने प्रहरीको आशंका थियो।  

कुसुन्ती बस्ने १७ वर्षीय तामाङ हराएकै ठाउँ नजिक किशोर देखिएको सूचना प्राप्त भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको हो। परिसरका डिएसपी नरेन्द्र चन्दले जंगलमा एक किशोर भेटिएको बताए। उनले भने, 'बालक भेटिएको जानकारी आएको छ हाम्रो टोली घटनास्थल पुग्दैछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell