PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

सात दिन अघि हराएका जोन फुल्चोकीको जंगलमा भेटिए



पहिलोपोस्ट

सात दिन अघि हराएका जोन फुल्चोकीको जंगलमा भेटिए

काठमाडौं: फुल्चोकीको जंगलमा हराएका किशोर सात दिनपछि जीवितै भेटिएका छन्। बुधवार साँझ जंगलमा एक किशोर भेटिएको सूचना पाएलगत्तै प्रहरी त्यता परिचालन भएको थियो। केही दिनअघि हाइकिङमा गएका एक किशोर त्यहाँबाट गायब भएका थिए।

प्रहरीले नोटिसमा आएका किशोर ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत जोन तामाङ भएको पुष्टि भएको हो।

कुसुन्ती बस्ने १७ वर्षीय तामाङ हराएकै ठाउँ नजिक किशोर देखिएको सूचना प्राप्त भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको हो। परिसरका डिएसपी नरेन्द्र चन्दले जंगलमा एक किशोर भेटिएको बताए। उनले भने, 'भेटिएका बालक जोन नै हुन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell