काठमाडौं : डिभिजन टू को तयारीमा रहेको नेपालले बुधबार युएई ए टिमलाई १९३ रनले पराजित गर्दा ज्ञानेन्द्र मल्ल एक्लैले १५४ रन प्रहार गरे। जबकी ३३४ रनको लक्ष्य पछ्याएको युएईको पूरै टिमले १४० रन मात्र बनाउन सके।
उक्त खेलमा नेपालको ओपनिङ जोडीले सुधारिएको प्रदर्शन गरे भने बलिङमा सन्दीप लामिछानेले ४ विकेट लिए। यो खेलको अर्को विशेषता समेत रह्यो नेपाली राष्ट्रि टोलीको नयाँ जर्सी।
नेपाल नामिवियामा डिभिजन टू खेल्नुअघि बुधबार नयाँ जर्सी लगाएर खेलेको थियो। जहाँ नेपालले सुधारिएको खेल खेल्यो भने ब्याटिङमा पनि सुधार गर्यो।
नेपालको नयाँ जर्सी रातो र किनारामा निलो छ, राष्ट्रिय झण्डा जस्तै। यस्तै ट्राउजर निलो कलरको छ। यसअघि नेपालको जर्सी रातो तथा ट्राउजर कालो कलरको थियो।
नेपालको किट्सहरु भारतीय कम्पनी टी-२० ले तयार पारेको हो। नेपालको जर्सीको अघिल्लो भागमा नेपालको झण्डा मात्र छ।
नेपाली क्रिकेटको सर्वोच्च संस्था (क्यान) निलम्वनमा परेपछि गत वर्षदेखि नेपालको जर्सीमा क्यानको लोगो राखिएको छैन। यस्तै नेपाली टोलीको सम्पूर्ण व्वयस्थापन पाटो आइसीसीले हेर्दै आएको छ।
(फोटो : रमन शिवाकोटी)