काठमाडौं : मैत्रीपूर्ण भलिबल खेलका लागि हङकङ र मकाउको भ्रमणमा रहेको नेपाली राष्ट्रिय भलिबल टोलीले अन्तिम खेलमा मकाउको राष्ट्रिय भलिबल टोलीलाई ३-० को सोझो सेटमा पराजित गरेको छ।
यसअघि नेपालले हङकङलाई दुवै खेलमा पराजित गरेको थियो। हङकङलाई उसैको कोर्टमा हराउँदै मकाउ पुगेको नेपालले मकाउ युनिभर्सिटी स्पोर्ट्स सेन्टरमा भएको खेलमा मकाउलाई पनि उसैको कोर्टमा २५-१३, २५-१७, २५-१७ ले पराजित गर्यो।
नेपाल र मकाउले पहिलो पटक भलिबल खेलेको हो।
