PahiloPost

May 14, 2025 | १ जेठ २०८२

वीरगंजलाई राजधानी बनाए बम्पर उपहार : मुख्यमन्त्रीलाई डेढ करोडको पजेरो, मन्त्रीलाई स्कुटर, पत्रकारलाई मोटरसाइकल



राधेश्याम पटेल

वीरगंजलाई राजधानी बनाए बम्पर उपहार : मुख्यमन्त्रीलाई डेढ करोडको पजेरो, मन्त्रीलाई स्कुटर, पत्रकारलाई मोटरसाइकल

वीरगंज : प्रदेश नं २ को प्रादेशिक राजधानी वीरगंजलाई बनाउन आन्दोलनरत संघर्ष समितिले बम्पर उपहारको अफर सार्वजनिक गरेको छ। 

प्रदेश सभाको अगामी माघ २१ गते बस्न लागेको प्रथम बैठकको मुखमा यस्तो घोषणा गरिएको हो। यदि वीरगंजलाई राजधानी बनाइयो भने मुख्यमन्त्रीलाई १ करोड ५६ लाखको जापानिज पजेरो उपहार दिने घोषणा बुधबार घण्टाघरमा गरियो।

एमाले नेता तथा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले मुख्यमन्त्रीलाई आफनो निजी खर्चमा करिब डेढ करोडको गाडी, मन्त्रीहरुलाई स्कुटर तथा वीरगंजका १२ जना पत्रकारलाई १२ वटा मोटरसाइकलसमेत उपहारमा दिने घोषणा गरेका हुन्।

अन्सारी एमालेका तर्फबाट वीरगंज महानगरपालिकाका मेयरका उम्मेदवार थिए, तर उनले जित्न सकेका थिएनन्।
 
गत पुस २१ गतेदेखि जनकपुरलाई प्रादेशिक अस्थायी राजधानी बनाएसँगै वीरगंज आन्दोलित भएको थियो। सुरुमा घण्टाघरमा चक्काजाम गर्दैै बन्द हडताल तथा रिले अनसन भयो। आन्दोलन तथा अनशनको करिब एक महिना पुग्न लाग्दा संघर्ष समितिले यस्तो फन्डा निकालेको हो।

'समितिलाई थाहा छ,वीरगंज राजधानी बन्ने सम्भावना कम छ,त्यसैले यस्तो प्रचारशैली अपनाइएको हो,' वीरगंज–२१ का पन्नालाल यादवले बताए ।

यता, माघ २१ गते संघर्ष समितिले वीरगंज बन्द गरी राजधानीको लागि आन्दोलनको कार्यक्रम अह्वान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell