कोपा डेल रे अन्तर्गत सेमिफाइनल पहिलो लेगमा सेभिया र लेगानेसले १-१ गोलको बराबरी खेलेका छन्।
खेलको २१औँ मिनेटमा लुइस मुरियलले गोल गर्दै सेभियालाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेपनि घरेलु टोली लेगानेसका लागि दिमित्रिस सियोभासले ५६औँ मिनेटमा बराबरी गोल फर्काए।
दोस्रो लेग फेब्रुअरी ८ मा सेभियाको मैदानमा हुनेछ।
