PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

म्यानचेष्टर युनाइटेड र चेल्सी पराजित, एरिक्सनले गरे खेल सुरु भएको ११ सेकेण्डमै गोल



पहिलोपोस्ट

म्यानचेष्टर युनाइटेड र चेल्सी पराजित, एरिक्सनले गरे खेल सुरु भएको ११ सेकेण्डमै गोल

प्रिमियर लिगको दोस्रो र तेस्रो स्थानमा रहेका म्यानचेष्टर युनाइटेड र चेल्सी एकै दिन पराजित भएका छन्। गएराती भएको खेलमा युनाइटेड टोटनहम सँग २-० तथा चेल्सी एफफसी बर्नमाउथसँग ३-० ले पराजित भयो।

टोटनहमलाई घरेलु मैदानमा जित दिलाउन खेलको पहिलो मिनेटमै क्रिस्टियन एरिक्सनले गोल गर्दै अग्रता दिलाएका थिए। युनाइटेडका फिल जोन्सले २८औँ मिनेटमा आत्मघाती गोल उपहार दिए। एरिक्सनले खेल सुरु भएको ११ सेकेण्डमै गोल गरेका थिए। प्रिमियर लिग इतिहासमा यो तेस्रो फास्टेस्ट गोल हो। यसअघि सन् २००२ मा लेड्ली किंङ तथा २००३ मा एलान सिररले खेल सुरु भएको १० सेकेण्डमै गोल गरेका थिए।

यस्तै अर्को लण्डन क्लब चेल्सी भने घरेलु मैदानमै बर्नमाउथसँग अप्रत्यासित रुपमा पराजित भयो। बर्नमाउथको जितमा कलुम विलसन, जुनियर स्टानिसलास र नाथन एकेले दोस्रो हाफमा गोल गरे।

हारपछि युनाइटेडले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंङ्कदूरी घटाउने मौका गुमाएको छ भने चेल्सी चौथो स्थानमा झरेको छ।

२५ खेलबाट ५३ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा यथावत छ तर सिटीभन्दा १५ अंकले पछि छ। समान खेलबाट ५० अंक रहेको चेल्सी लिभरपुलसँग गोल अन्तरमा पछि पर्दै चौथोमा झरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell