PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

प्रिमियर लिग : म्यानचेष्टर सिटीलाई १५ अंकको अग्रता



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर सिटीलाई १५ अंकको अग्रता

वेष्ट ब्रोम विरुद्ध ३-० को सहज जित हात पारेको लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा १५ अंकको अग्रता कायम गरेको छ। दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड टोटनहमसँग पराजित भएपछि सिटीलाई फाइदा पुगेको हो।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीका लागि फर्नान्डिन्होले पहिलो तथा केभिन डे ब्रुएना र सर्जियो अगुएरोले दोस्रो हाफमा गोल गरे।

जितपछि २५ खेलबाट ६८ अंक जोड्दै सिटी शीर्ष स्थानमा आसिन छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell