PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

प्रदेश ३ को प्रदेश सभाको पहिलो अधिवेशन आज, अन्तरिम कार्यविधि पारित हुने



पहिलोपोस्ट

प्रदेश ३ को प्रदेश सभाको पहिलो अधिवेशन आज, अन्तरिम कार्यविधि पारित हुने
तस्वीर: रासस

काठमाडौँ: संघीय संरचना कार्यान्वयनपछि पहिलोपटक प्रादेशिक संसदीय अभ्यास आजदेखि सुरु हुँदैछ। प्रदेश ३ को प्रदेश सभाको पहिलो अधिवेशन आज औपचारिक रुपमा सुरु हुँदैछ। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश सभाका सबै सांसद् हेटौँडा पुगिसकेका छन्।

सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यका रुपमा डोरमणि पौडेलले सभा सञ्चालन गर्नेछन्।

संघीय संसद सचिवालयले सहसचिव रोजनाथ पाण्डे तथा उपसचिव अधिराज राईसहितको चार सदस्यीय टोली पहिलो अधिवेशन सञ्चालनका लागि सघाउन पठाइसकेको छ।

पहिलो अधिवेशनको पहिलो बैठकले नियमावली नबन्दासम्मका लागि अन्तरिम कार्यविधि पारित गर्नेछ। यस्तै, सभामुख तथा उपसभामुख निर्वाचनको मिति घोषणा गर्ने कार्यसूची तय भएको छ। 

अन्तरिम संविधानले सैदान्तिक रुपमा लिपिवद्ध गरेको संघीय संरचनालाई नेपालको संविधानले व्यहारिक कार्यान्वयनको बाटो खोलेपछि गत मंसिर १० र २१ गते प्रदेश सभाको निर्वाचन सम्पन्न भएको निर्वाचन सम्पन्न भएको दुई महिनापछि प्रदेशसभा अधिवेशन आह्वान भएको हो।

सातवटा प्रादेशिक संसदमध्ये संख्याका हिसावले सबैभन्दा ठूलो सभा प्रदेश ३ को हो। प्रदेश ३ को सभा ११० सदस्यीय छ।

सातै प्रदेशको संसद्को अधिवेशन आह्वान भइसकेको छ। माघ १८ देखि माघ २२ सम्म सबै प्रदेशका अधिवेशन सुरु भइसक्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell