PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

झापामा ट्र्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु



पहिलोपोस्ट

झापामा ट्र्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

बनियानीः झापाको हल्दीबारी–३ देउनिया पुल नजिकै ट्र्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा हल्दीबारी–३, जलथलका ४७ वर्षीय भीमबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पृथ्वीनगरबाट हल्दीबारीतर्फ आउँदै गरेको मे १ त ६१७४ नंको ट्र्याक्टरले गिरीलाई बुधबार बेलुका ठक्कर दिएको थियो।

ठक्करबाट गिरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि चालक ट्र्याक्टर छाडेर भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell