PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका



पहिलोपोस्ट

भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका
photo: NDTV

काठमाडौँ: भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने नेपाल भ्रमणका सिलसिलामा आज काठमाडौँ आउँदैछिन्। प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा स्वराज नेपाल आउन लागेकी हुन्। दिउँसो ३ बजे विशेष विमानबाट स्वराज काठमाडौँ आउने कार्यतालिका छ।

काठमाडौँ आएलगत्तै स्वराजको राजनीतिक भेटघाट सुरु हुनेछ।

नयाँ सरकार गठनको पूर्वसन्ध्यामा हुन लागेको उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि भारतीय विदेश मन्त्रालयले भने स्वराजको भ्रमणलाई दुई देशबीचको नियमित उच्चस्तरीय राजनीतिक भेटघाटको संज्ञामात्र दिएको छ। 

विदेशमन्त्री स्वराजले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट बार्ता गर्नेछिन्।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार दुई दिने भ्रमणका क्रममा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गर्ने कार्यतालिका छ। राष्ट्रपति तथा प्रधानमन्त्रीसँगको भेट शुक्रबार हुनेछ। समय भने तय भइसकेको छैन।

भ्रमणका क्रममा स्वराजले राजनीतिक दलका नेताहरुसँग पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell