
काठमाडौं : प्रहरी महानिरीक्षक प्रकाश अर्यालले राजधानीको दरबारमार्गमा भएको सामुहिक बलात्कारको घटना ढाकछोप गर्ने प्रहरी कर्मचारीलाई कडा कारवाही हुने प्रतिवद्धता जाहेर गरेका छन्।
दरबारमार्गमा नव निर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक अर्यालले युवती बलात्कारका दोषीलाई कानुनी दायरामा ल्याएर तथा दोषीलाई सहयोग गर्ने प्रहरी अधिकारीलाई पनि कानुन बमोजिम नै कारवाही गरी पीडितलाई न्याए दिलाउने दावी गरे।
'सामुहिक बलात्कारजस्तो जघन्य अपराधलाई ढाकछोप गर्नु चानचुने कुरा हैन, त्यसमा जो प्रहरी कर्मचारी दोषी साबित हुन्छ, कारवाही भोग्न तयार भए हुन्छ,' उनले भने।
दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको थियो। घटना लुकाएर मिल्न दबाब दिएको रहस्य खुलेपछि इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीलाई नियन्त्रणमा लिएर १ नम्बर गणमा राखिएको छ, भने वृत्तका प्रमुख डिएसपी तिलक भारतीलाई अनुसन्धानकै लागि काठमाडौं परिसर तानिएका छन्। त्यसैगरी अभियुक्तलाई भगाएको आरोपमा सई चन्द भण्डारीलाई निलन्बन गरिएको छ।
तर, उजुरी दिने पीडित युवती सम्पर्कमा नआएका कारण अनुसन्धान गर्न असहज भएको समितिको भनाइ छ।