काठमाडौं: सागर आलेको नयाँ गीत रिलिज भएको छ। भ्यालेनटाइन विशेष भनिएको 'मलाई किन तिम्रो माया' बोलको गीत भिडियोसहित युट्युबमार्फत सार्वजनिक भएको हो।
गीतमा राज खड्काको शब्द तथा संगीत रहेको छ। स्वरमा सागरलाई सुमिना लोले साथ दिएकी छिन्।
गीतको भिडियोलाई सुवास नेपालले निर्देशन गरेका हुन्। जसमा राज खड्का र जुना सुनदासको फिचरिङ रहेको छ। ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् भने कोरियोग्राफर ओजस्वी साउद हुन्।