काठमाडौं : भारतीय विदेश मन्त्री सुष्मा स्वाराज र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीवार भेटघाट हुने तय भएको छ।
उनीहरुबीच सोल्टी होटेलमा साढे ६ बजे भेट हुनेछ। ओली र स्वराज एक्लाएक्लै भेट्ने कार्यक्रम तय भएको छ। त्यसपछि स्वराजले एमाले स्थायी कमिटीका सदस्यसँग डिनर गर्नेछिन्।
अहिले ओली निवास बालकोटमा एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ।
बैठकपछि नेताहरु स्वराजसँग भेटका लागि सोल्टी होटेल जाने केन्द्रीय पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
डिनरमा स्थायी कमिटीबाट बरिष्ठ उपध्यक्ष वामदेव गौतम, माहासचिव ईश्वर पोखरेल, सचिव प्रदिप ज्ञवाली, सुवास नेम्बाङ लगायत ९/१० जना सहभागी हुनेछन्।