काठमाडौं: फिल्म 'पसिना'को ट्रेलर सार्बजनिक भएको छ। 'गरौँ सत्कर्म बगाउ पसिना' भन्ने नाराका साथ प्रचार प्रसार सुरु गरेको फिल्म युनिटले विहीबार युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरले मजदुर जीवनको कथामा बनेको फिल्मको थिम प्रष्ट पार्छ।
फिल्म मजदुर दिवसको अवसरमा आउँदो बैशाख १४ गतेबाट प्रदर्शनमा आउँदैछ। आर.बि.खत्री 'शरद' निर्देशित फिल्मले मजदुर र महिला मजदुरमाथि हुने यौन हिंसाको कथा भन्छ।
फिल्म 'पसिना' मा गौरब पहाडी, अनु शाह, सरोज खनाल, रवी गिरी, धुर्व कोइराला, जयनन्द लामा, सरोज अर्याल, सृजना अधिकारी, शिव शंकर रिजाल, सुरज के.सी, शारदा गिरी लगायत कलाकारको अभिनय रहेको छ। फिल्ममा राजनराज शिवाकोटी, थिराज राई र दिपक शर्माको संगीत रहेको छ।
