PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको काठमाडौं अवतरण, आजैदेखि राजनीतिक दलसँग छलफलमा सक्रिय



पहिलोपोस्ट

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको काठमाडौं अवतरण, आजैदेखि राजनीतिक दलसँग छलफलमा सक्रिय

काठमाडौँ : भारतीय विदेशमन्त्री सुष्मा स्वराज भर्खरै नेपाल उत्रिएकी छिन्। उनलाई त्रिभुवन विमानस्थलमा अर्थराज्य मन्त्री उदयशम्शेर राणाले रिसिभ गरेका छन्। परराष्ट्र मन्त्रालयका सचिव शंकरदाश वैरागी तथा भारतीय राजदूत मञ्जीवसिंह पुरीले स्वागत गरेका थिए।

नेपालमा नयाँ सरकार बन्ने मुखैमा भारतबाट भएको यो उच्चस्तरीय भ्रमण हो। स्वराज आएलगत्तै राजनीतिक भेटघाटमा सक्रिय हुनेछिन्। उनको आजै मधेश केन्द्रित राजनीतिक दल तथा नेकपा एमालेका नेताहरुसँग भेटघाट हुने कार्यक्रम तय छ। सोल्टी होटलमा उनले संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टी र नेकपा एमालेका नेतासँग भेट्ने कार्यक्रम छ। 

केपी शर्मा ओलीसँग वान अन वान भेटघाट हुने तय भएकाले पनि भारतीय विदेश मन्त्रीको भेटलाई महत्वका साथ हेरिएको छ। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरेर गणतन्त्र दिवशको शुभकामना दिँदै सहकार्यका लागि व्यग्र प्रतीक्षा गरिरहेको जनाएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell