PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

आइसीसीको मिडिया रिलिज : क्यान फुकुवाका लागि स्ट्रिक्ट टाइमलाइन



पहिलोपोस्ट

आइसीसीको मिडिया रिलिज : क्यान फुकुवाका लागि स्ट्रिक्ट टाइमलाइन

काठमाडौं : इन्टनरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्नका लागि कडा समयसिमा तोकेको छ।

नेपाली क्रिकेटमा रहेको समस्या समाधानका लागि केही दिनअघि नेपाल आएर यहाँका सम्बन्धित सरोकारवाला निकायसँग भेट गरी फर्किएपछि आइसीसीले मिडिया रिजिल जारी गर्दै क्यान निलम्वन फुकुवाको काम अघि बढेको तर केही कडा समयसिमा पुरा गर्नुपर्ने सर्त राखेको छ।

आइसीसीले भनेकै अनुसार भएमा आगामी जुन सम्ममा क्यानमाथि लागेको निलम्वन फुकुवा हुने संकेत गर्दै आइसीसीले कडा निर्देशन शैलीमा नेपाली सरोकारवालले काम गरेर देखाउनुपर्ने चुनौती दिएको छ।

आइसीसीका उपाध्यक्ष इमरान ख्वाजासहितको टोलीले नेपालमा गत आइतबार र सोमबार सरोकारवाल निकायसँग छलफल गरेर फर्किएपछि आइसीसीले रिलिज जारी गरेको हो।

आइसीसीले जारी गरेको मिडिया रिलिजमा आइसीसीका उपाध्यक्ष इमरान ख्वाजाले भनेका छन् ‘यस पटकको मिटिङमा हामी राम्रो प्रोग्रेस गर्‍यौँ र क्यानलाई अडप्ट गर्नका लागि संशोधित विधान स्विकार गर्ने प्रक्रियामा छौँ। गत अगस्टमा पास भएको विधान आइसीसी र नेपाल क्रिकेट एड्भाइजरी ग्रुपलाई मान्य छैन।’

ख्वाजाले एड्भाइजरी ग्रुपले विधान संशोधन गर्न उल्लेख्य भूमिका खेलेको जसले नेपाली क्रिकेटलाई अगाडी लैजाने समेत बताएका छन्।

यस्तै ख्वाजाले कडा समयसिमा दिदै भनेका छन्। ‘हामी कडा समयसीमा राख्ने प्रक्रियामा छौँ जसअन्तर्गत विधान पारित, बाँकी भएका पुनर्स्थापनाका शर्तहरुलाई सम्बोधन गर्ने र लगत्तै निर्वाचन गर्नु पर्छ। यी सबलाई एउटा स्वतन्त्र प्यानलले हेर्नेछ। त्यसपछि मात्रै हामी जुन २०१८ मा हुने आइसिसीको एजिएममा नेपाललाई पुनः भित्र्याउने प्रक्रियामा सहमत हुन सक्छौँ।’

गत शनिवार नेपाल आएको ख्वाजा र आमिर शेखको टोलीले आइतबार सल्लाहाकार समिति तथा सोमवार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टसँग छलफल गरेका थिए।

उक्त छलफलपछि राखेप सदस्यसचिव विष्टले सल्लाहकार समितिमा रहेका विनयराज पाण्डे संयोजकमध्ये एक र अशोकनाथ प्याकुरेल सल्लाहकार समिति सदस्य महासचिव निर्वाचति क्यान लाईसँगै उपस्थित गराएर अब क्यान फुकुवाको बाटोमा अगाडी बढेको र सबैले मिलेर जानुपर्ने बताएका थिए।

आइसीसी र नेपाली क्रिकेट स्टेकहोल्डरसँगको बैठकपछि सल्लाहकार समितिले बनाएको विधान नै पारित गर्ने र अब हुने निर्वाचनका लागि ५ सदस्यीय मोनिटरिङ कमिटि बनाउने सहमति समेत भएको छ। उक्त कमिटिमा आइसीसीबाट ३ तथा निर्वाचित क्यान र राखेपबाट १-१ जना हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell