PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

फ्राइडे रिलिज: मल्टिप्लेक्समा शेरबहादुर र मेज रनर: द डेथ क्योर पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज: मल्टिप्लेक्समा शेरबहादुर र मेज रनर: द डेथ क्योर पर्दामा

काठमाडौं: यो साता एक नयाँ नेपाली फिल्म पर्दामा आएको छ। फिल्म 'शेरबहादुर' सार्वजनिक भएको हो। गत साता बलिउड फिल्म 'पद्मावत'का कारण प्रभावित भएको फ्राइडे रिलिज यो साता पुन: सुरु भएको हो।

थ्रिलर जनराको 'शेरबहादुर' एक पूर्व सैनिकको कथा हो। जसमा शेरबहादुर पात्रको भूमिका सुनील थापाले निभाएका छन्। फिल्ममा अन्य कलाकार कर्मा, मेनुका प्रधान, रविन्द्र झाको मुख्य अभिनय रहेको छ।

आर राजवंशी निर्देशित फिल्मले मल्टिप्लेक्स र सिङ्गल स्क्रिन दुबैमा शो पाएको छ।

यस्तै सिङ्गल स्क्रिनमा पटुकी पनि रिलिज भएको छ। प्रेमकथामा आधारित फिल्ममा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतको मुख्य अभिनय छ। फिल्मका निर्देशक राम नेपाल हुन्।

बलिउडतर्फ यो साता कुनै पनि फिल्म नेपालमा रिलिज भएन। हलहरुमा पद्मावतको दर्शक फ्लो अझै उत्साहजनक छ। 

हलिउडका लागि फिल्म 'मेज रनर: द डेथ क्योर' रिलिज भयो। अमेरिकन साइन्स फिक्सनलाई वेस बलले निर्देशन गरेका हुन्। जेम्स ड्यासनरको किताब द डेथ क्योरमा आधारित फिल्ममो डाइलन ओब्रेन, काया स्कोडेलारियो, थोमस बोर्डी, आइडन गिलेन, वाल्टन गोगिस लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell