काठमाडौं: बैशाखबाट लागू हुने भनिएको फिल्म बक्सअफिस आउँदो फागुनबाट नै सुरु हुने भएको छ। फागुन १ गतेबाट काठमाडौं उपत्यकाका हलहरुमा बक्सअफिस लागू गर्ने निर्णय भएको हो।
बिहीबार सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा चलचित्र विकास बोर्डमा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा बोर्ड अध्यक्ष नीकिता पौडेल, चलचित्र संघका अध्यक्ष प्रदिप उदय, निर्माता संघका अध्यक्ष आकाश अधिकारीको उपस्थिति रहेको थियो।
मोफसलका हलहरुका लागि विकास बोर्डले नै बक्सअफिस सर्भर र उपकरण जडान खर्च दिने भएको छ। चलचित्र संघका अध्यक्ष उदयका अनुसार एउटा हलमा सर्भर जडानका लागि एक लाख रुपैयाँ खर्च हुन्छ। जानकारी अनुसार बक्सअफिस सर्भरको पहुँच चलचित्र विकास बोर्ड, निर्माता, हल सञ्चालक, वितरक र कर कार्यालयमा हुनेछ।
