PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

क्युवाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या



पहिलोपोस्ट

क्युवाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या

एजेन्सीः क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन्। फिडेलका छोरा एन्जल क्यास्ट्रोले बिहीबार आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्मालाई उद्रृत गर्दै बीबीसीले जनाएको छ।

६८ वर्षीय क्यास्ट्रो डिप्रेशनमा रहेको बताइएको छ। उनले हावानास्थित निवासमा आत्महत्या गरेका हुन्।

फिडेलका जेठो छोरा उनलाई फिडेलिटो भनेर चिनिन्थ्यो। सोभियत संघमा अध्ययन गरेका उनी पेशाले आणविक भौतिकशास्त्री थिए।

क्युवाको सरकारी टेलिभिजनले उनको केही समययता डिप्रेशनको उपचार भइरहेको जनाएको छ। उनी चिकित्सकको निगरानीमा थिए। चिकित्सकको निगरानीमा रहेको अवस्थामा नै उनले आत्महत्या गरेका हुन्।

उनका पिता फिडेल क्युवाका लोकप्रिय र क्रान्तिकारी नेताका रुपमा परिचित थिए। सन् २०१६ मा उनको निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell