PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रदेश ५-प्रदेश सभा बैठक पर्सी: केन्द्रबाट खटाईएका कर्मचारी एक जना पनि आईपुगेनन् 



चन्द्रकान्त खनाल

प्रदेश ५-प्रदेश सभा बैठक पर्सी: केन्द्रबाट खटाईएका कर्मचारी एक जना पनि आईपुगेनन् 

रुपन्देहीः प्रदेश नं ५ को  प्रदेश सभाको बैठक हुन २ दिनमात्र बाँकी रहँदा एकजना पनि कर्मचारी आइपुगेका छैनन्। संसद सहजीकरण टोलीका प्रमुख सुरेन्द्र अर्यालले उक्त जानकारी दिएका हुन्।

प्रदेश नं ५को संसद सचिवालयमा पत्रकार सम्मेलनमा बोल्दै  संसद सचिवालयका सहसचिव अर्यालले केन्द्रबाट अहिलेसम्म एकजना पनि कर्मचारी नआएको बताए। उनले भने, ‘हामी १५ गते आएका हौं अहिलेसम्म कुनै कर्मचारी प्रदेश मन्त्रालय वा सचिवालयमा आएका छैनन्।’

केन्द्रबाट सभालाई २८ जना कर्मचारी खटाएकोमा एकजना खरीदारमात्र आएको त्यो पनि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले खटाएको बताईएको छ।

तरपनि पहिलो अधिवेशन भएको कारण ऐतिहासिक बनाउने तयारीमा आफूहरु लागेको बताएका छन। अर्यालले भने, ‘अन्य प्रदेशको भन्दा हामी ऐतिहासिक बनाउने तयारीमा जुटेका  छौं।’

सभाहलमा आवश्यक तयारी रंगरोगन लगायतका काम भईरहेको बताए। उनले संसद भवनमा केन्द्रीय संरचना अनुसार ब्यवस्थापन भईरहेको बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell