PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता



पहिलोपोस्ट

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौं:  नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज राष्ट्रपति निवास शीतल निवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन्।

बिहिबार काठमाडौं आइपुगेकी विदेशमन्त्री स्वराज दिउँसो सोल्टी होटलबाट शीतल निवास पुगेकी हुन्। 

भेटमा दुई देशवीचको सम्बन्धलाई सुमधुर राख्न कुराकानी भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए।

यसअघि विदेशमन्त्री स्वराजले एमाले अध्यक्ष केपी ओली,  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपाका नेताहरु र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेकी थिइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell