PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

स्वराजको सुझाव: राजपा–फोरम एकता



बीपी साह

स्वराजको सुझाव: राजपा–फोरम एकता

काठमाडौं: प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा दुई वटा मधेशी दलले सम्मानजनक मत पाएकोमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले खुशी व्यक्ति गर्दै एकै साथ अगाडि बढ्न सुझाव दिएकी छिन्।

दुईदिने नेपाल भ्रमणको क्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालका नेताहरुसँगको भेटमा स्वराजले सम्भव भए पार्टी एकीकरण गरेर अगाडि बढ्न सुझाव दिइन्।

बैठकमा सहभागी राजपा अध्यक्ष मण्डलका नेताका अनुसार स्वराजले मधेशी गठबन्धन एउटै पार्टी भएर अगाडि बढेको खण्डमा थप मजबुत हुन सक्ने बताएकी थिइन्। दुई नम्बर प्रदेशमा मधेशी गठबन्धन कै सरकार बनाउन आग्रह गर्दै स्वराजले दुई नम्बर प्रदेशको विकास निर्माणका लागि आफूहरुले सक्दो सहयोग गर्ने बताएकी थिइन्।

शुक्रबार विहान फोरम अध्यक्ष उपेन्द्र यादवसँगको छलफलमा पनि स्वराजले उक्त कुरा नै दोहर्याएकी छन्। यादवलाई पनि जितको बधाई दिदै राजपासँग सहकार्य गरेर अगाडि बढ्न आग्रह गरेकी छिन्। सम्भव भए पार्टी एकीकरण गर्न पनि सुझाव दिएको स्रोतको भनाइ छ।

स्वराजसँगको भेटपछि फोरम अध्यक्ष यादवले कुनै प्रतिक्रिया दिन चाहेका छैनन्। यादवले हालचाल बुझ्न भेटघाट भएको छोटो प्रतिक्रिया संचारकर्मीहरुलाई दिएका थिए।

भारतीय दुतावासका अनुसार नेपाल–भारतका जनता–जनताबीचको सम्बन्ध सुधारका विषयमा पनि छलफल भएको थियो।

यसअघि निर्वाचनको क्रममा राजपा र फोरमका नेताहरुले पार्टी एकीकरणको चर्चासमेत गरेका थिए। दुई नम्बर प्रदेशमा मधेश सरकार बनेको खण्डमा फोरम र राजपाबीच पार्टी एकीकरण हुन सक्ने फोरम अध्यक्ष यादवले नै पहिलोपोस्टको एक अन्तरवार्तामा भनेका थिए। 

राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले पनि पहिलोपोस्टको अन्तरवार्तामा फोरमसँग पार्टी एकीकरणको आवश्यकता रहेको बताएका थिए।
 

मधेसी नेतासित भारतीय विदेशमन्त्रीको भेट : संविधान संशोधनको विषय उठ्दा सुष्मा स्वराजको 'युटर्न'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell