PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच बालुवाटारमा भेटवार्ता



पहिलोपोस्ट

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं:  नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन्।

भेटमा दुई देशबीचको सम्बन्ध बलियो बनाउन छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

भेटमा स्वराजले नेपालको निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए। त्यसैगरी देउवाले बालुवाटारमा विदेशमन्त्री स्वराजका लागि दिवा भोज आयोजना गरेका छन्।

बिहिरबार काठमाडौं आइपुगेकी विदेशमन्त्री स्वराज शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन्। यसअघि उनी राष्ट्रपति निवास शीतल निवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी थिइन्।

यसअघि विदेशमन्त्री स्वराजले एमाले अध्यक्ष केपी ओली,  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपाका नेताहरु र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेकी थिइन्।

स्वराज आजै भारत फर्कनेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell