PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

दीपिका पादुकोण र इरफान खान नेपाल आउँदै



पहिलोपोस्ट

दीपिका पादुकोण र इरफान खान नेपाल आउँदै

बलिउड अभिनेता इरफान खान र दीपिका पादुकोण नेपाल आउने भएका छन्। फिल्म छायांकनका लागि यी दुई एकसाथ आउन लागेका हुन्। दुईको संयुक्त प्रोजेक्ट मार्च महिनामा नेपाल छायांकन हुन्छ।

विशाल भारद्वाजले निर्देशन गर्ने फिल्मको नाम भने अहिलेसम्म सार्वजनिक छैन। तीन वर्षपछि यी दुई एकसाथ देखिन लागेका हुन्। यसअघि सुजित सिरकारको कमेडी ड्रामा 'पिकु'मा दीपिका र इरफानले स्क्रिन सेयर गरेका थिए।

मुम्बई मिररले जनाए अनुसार फिल्मलाई टिसिरिज र विशालको ब्यानरले संयुक्‍त रुपमा निर्माण गर्न लागेका हुन्। फिल्मको सुटिङ नै मार्च ५ मा नेपालबाट सुरु हुने जनाइएको छ।

फिल्मको कथा उपन्यास 'माफिया क्विन्स अफ मुम्बई'मा आधारित हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell