PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

जन्मदिनमा सोमपालको ३ विकेट, टी-२० मा यस्तो छ उनको रेकर्ड



पहिलोपोस्ट

जन्मदिनमा सोमपालको ३ विकेट, टी-२० मा यस्तो छ उनको रेकर्ड

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सोमपाल कामीले युएई ए विरुद्धको तेस्रो अभ्यास म्याचमा आज ३ विकेट लिएका छन्।

आफ्नो जन्मदिनमा सोमपालले १० ओभर बलिङ गर्दै १ मेडन राखेर ५६ रन खर्चदै ३ विकेट लिएका हुन्।

सोमपालले युएई ए का लागि स्रवाधिक ८५ रन बनाएका चिराग सुरी र ३३ रन बनाएका अतिरुर रहमेमानलाई आउट गरेका थिए। यस्तै उनले युवराज जई सिंहलाई शुन्यमा आउट गरे। युएई ए ले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर २१५ रन बनाएको थियो।

सन् २०१४ मा युएई विरुद्ध खेल्दै नेपालको लागि डेब्यु गरेका सोमपालले टी-२० मा विश्व रेकर्ड समेत बनाएका छन्। उनले सन् २०१४ को नोभेम्वरमा हङकङ विरुद्ध दशौँ नम्वरमा ब्याटिङ गर्दै ३१ बलमा ४० रन प्रहार गरेको थिए। जुन दशौँ नम्वरमा ब्याटिङ गर्दै टी-२० क्रिकेटमा कुनै खेलाडीले बनाएको सर्वाधिक रन हो।

उक्त खेलमा सोमपालले नवौँ विकेटका लागि शक्ति गौचनसँग ४३ रनको साझेदारी गरेका थिए।

यसैगरी सोमपालले २०१५ मा नामिवियामा भएको डिभिजन टू मा नेपालका लागि सर्वाधिक ११ विकेट लिएका थिए।

सोमपालले नेपालकोलागि ११ टी-२० खेल खेल्दै १२ विकेट लिएका छन् भने लिस्ट ए मा २५ खेल खेल्दै ३४ विकेट लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell