काठमाडौं: फिल्म 'नाका'को अफिसियल ट्रेलर रिलिज भएको छ। फिल्म युनिटले शुक्रबार कार्यक्रम आयोजना गरी ट्रेलरको युट्युब रिलिज गर्यो। ट्रेलरले नाका क्षेत्रमा हुने तस्करी र जोडिएको गुण्डागिरीको कथा भन्ने थिम देखाउँछ।
तातोपानी नाका र सिन्धुपाल्चोकमा छायांकन भएको फिल्मको ट्रेलरमा विपिन कार्की पुन: नयाँ अवतारमा देखिएका छन्। उनी गुण्डा नाइकेको रुपमा प्रस्तुत छन्।
अमित श्रेष्ठले निर्देशन गरेको फिल्ममा विपिन कार्कीका साथमा थिन्ले लह्मो, रोविन तामाङ, सजन थापामगर, शिव मुखिया, प्रकाश गन्दर्भ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। निर्देशक श्रेष्ठको कथामा अभिषेक सुवेदीले पटकथा लेखेका छन्।