PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वदेश फिर्ता



पहिलोपोस्ट

भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वदेश फिर्ता

काठमाडौं: भारतका विदेश मन्त्री सुष्मा स्वराज विशेष विमानबाट स्वदेश प्रस्थान गरेकी छिन्। नेपालको दुईदिने भ्रमण पूरा गरी उनी आज भारततर्फ प्रस्थान गरेकी हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वराजलाई अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले बिदाइ गरे। 

भ्रमणका क्रममा उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरे। बिहिबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गरेकी थिइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell