PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

स्वराजसँगको भेटपछि सामाजिक सञ्जालमा ओलीमाथि प्रहार: राष्ट्रवाद कता पुग्यो?



पहिलोपोस्ट

स्वराजसँगको भेटपछि सामाजिक सञ्जालमा ओलीमाथि प्रहार: राष्ट्रवाद कता पुग्यो?

काठमाडौं:  बिहिबार भारतीय विदेशमन्त्री सुस्मा स्वराज नेपाल भ्रमणका लागि आइपुग्दा नेपाली राजनीतिमा एक प्रकारको तरंग पैदा गरिदियो।

सरकारको औपचारिक निम्तोसमेत नभएको अवस्थामा उनको भ्रमणबारे नेताहरुबीच नै टीकाटिप्पणी सुरु गरियो।

यसबारे सरकारमा रहेको दल कांग्रेसले नेकपा एमालेतर्फ औंला तेर्साए। त्यसपछि एमाले स्थायी कमिटिका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न गरे-स्वराज कस्को निम्तोमा काठमाडौं आएकी हुन्।

ओलीको उत्तर आयो-हाम्रै पाहुना हुन्।
 

त्यसपछि सर्वसाधारणले एमाले अध्यक्ष ओलीमाथि सामाजिक सञ्जालमा प्रहार गर्न थाले।

कता पुग्यो राष्ट्रवाद? ओलीमाथिको पहिलो प्रहार थियो यो।

भारतले नाकाबन्दी गर्दा भारतको विपक्षमा अडिग रहेका ओलीमाथि सामाजिक सञ्जालमा प्रहार गर्नेको भिड बढ्यो।

साँझ काठमाडौंको सोल्टी होटलमा प्रधानमन्त्री हुन बाँकी ओलीले बहालवाला प्रधानमन्त्रीकै स्टाइलमा स्वराजसँग भेट गरे। 

स्वराज र ओलीबीच करिब ५० मिनेट सम्म गोप्य भेटवार्ता भयो।

भेटवार्तामा ओलीले दुई देशबीचको सुमधुर सम्बन्ध र हितका विषयमा छलफल भएको ट्विटमार्फत जानकारी गराए। 
  उनको ट्वीटमा ओलीलाई ५० भन्दा बढीले  आलोचनात्मक टिप्पणी गरेका छन्। 
  उनीमाथि चुनावी तालमेल सहित निर्वाचनमा गएको एमाले माओवादी एकताको विषयमा समेत संका आशंका गरेका छन। 
  नेपालमा आएको भूकम्पपछि भारतले लगाएको नाकाबन्दीलाई भुल्न नहुने भन्दै समाजिक सञ्जालमा आक्रोससमेत पोखेका छन।
  त्यसैगरी भारतले सीमा मिचेको विषयमा प्रश्न नगरेको भन्दै ओलीलाई आलोचना गरिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell