
काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भेटलाई लिएर ओलीप्रति कटाक्ष गरेका छन्।
आज साँझ सामाजिक सञ्जाल ट्वीटमार्फत शर्माले ओलीमाथि कटाक्ष गर्दै राष्ट्रवादको घुम्टोबाट माउसुलीको अवतार उदाउन लागेको बताएका हुन्।
उनले लेखेका छन्, 'उग्र रास्ट्रवादको घुम्टो भित्रबाट क्रमशः माउसुली अवतार उदाउंदै छ भनी हाल्दिन म १ तर भोटको रोटि सेकिसकेर 'तावा' त गजबले सेलाइसकेछ नि महोदय?'
त्यसैगरी शर्माले कांग्रेसले यस्तो भेट गरेको भएको ओलीले कुनै प्रकारले आलोचना गर्ने अाशयका साथ लेखेका छन्,उग्र रास्ट्रवादको घुम्टो भित्रबाट क्रमशः माउसुली अवतार उदाउंदै छ भनी हाल्दिन म ! तर भोटको रोटि सेकिसकेर `तावा´ त गजबले सेलाइसकेछ नि महोदय ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 2, 2018
कांग्रेसले त्यसो-त्यसो गरेको भए
कसो-कसो भनि´सक्नुहुन्थ्यो होला नि ओलिज्यु ?
'कांग्रेसले त्यसो त्यसो गरेको भए, कसो कसो भनिझसक्नुहुन्थ्यो होला नि ओलिज्यु?'