PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

फरक व्यवसायबाट कलाकारितामा सुनिता



पहिलोपोस्ट

फरक व्यवसायबाट कलाकारितामा सुनिता

काठमाडौं : धादिङकी सुनिता थापा विगत ५ वर्षदेखि अटो क्षेत्रमा काम गर्दै आएकी छिन्। त्यस क्षेत्रको बारेमा उनले धेरै अनुभव हासिल गरिसकेकि छिन। उनले यस बीचमा युनाइटेड मोटर्समा काम गरिन्। उनले मोटरबाइक स्टन्स समेत गरेकी थिइन्। तर त्यसलाई भने निरन्तरता दिइनन्।

अहिले भने सुनिताले इम्पोर्ट र एक्सपोर्ट गर्ने आफ्नै कम्पनी स्पर्स इन्टरनेशनल सञ्चालनमा लागेकी छिन्। जसले ह्यान्ड्रिक्राफ्टको सामान आयत निर्यात गर्छ।

तर सुनिता कलाकारिता पनि मन पराउँछिन्। सानै देखि गीत संगीतमा रुची राख्ने उनले हालै एउटा गीतको भिडियोमा अभिनय गरेकी छिन्।

पूर्णकला बिसी र मेक्साम खाती क्षेत्रीले स्वर दिएको रुँदै रुँदै गीतको भिडियोमा रन्जित गुरुङ हेउबाला गौतम महेन्द्र गौतम र नरेश खाती क्षेत्रीसँगै अभिनय गरेकी छिन्। भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्।

कथा राम्रो रहेकाले उनले अभिनय गरेको बताइन्। कलाकारिता क्षेत्र राम्रो लागेपनि फेमिलिबाट धेरै सपोर्ट नभएको तर राम्रो कन्टेन्ट लागि अभिनयको लागि प्रस्ताव आएमा तयार रहेको उनले बताइन्।  

सुनिताको लक्ष्य भने युरोपमै एउटा कम्पनी सेटअफ गर्ने रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell