PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

एपीएफ र न्यू डायमण्डबीच उपाधि भिडन्त



पहिलोपोस्ट

एपीएफ र न्यू डायमण्डबीच उपाधि भिडन्त

काठमाडौं : सशस्त्र प्रहरी बलको एपीएफ र शिवम् न्यू डायमण्डबीच हुने दोस्रो चरणको लिगको अन्तिम खेलबाट १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि छिनोफानो हुने भएको छ।

शनिवार हुने यी दुघ टोलीबीचको खेल अघोषित फाइनल जस्तै हुनेछ।

शुक्रवार भएको खेलमा दोहोरो जित हात पार्दै एपीएफ लिगको शीर्ष स्थानमा उक्लेको छ भने न्यू डायमण्ड दोस्रो स्थानमा छ।

शुक्रवार विभागीय टिम एपीएफले दुवै खेलमा ३–० को सफलता हात पादै ६ अंकका थप्दिै  शिर्ष स्थानमा उक्लिएको छ। नयाँ बसपार्क स्थित ढोरपाटन प्रशिक्षण क्लबमा भएको पहिलो खेलमा श्रीगाउँलाई २५–१२,२५–१० र २५–८ को सेटमा हराउदा दोश्रो खेलमा टप्स उमावीलाई २५–१२,२५–११ र २५–१७ को सेटमा हरायो।

अपराजित रहदै १६ खेल जितेको एपीएफको ४७ अंक छ। न्यु डायमण्डको समान खेलबाट ४६ अंक छ। पहिलो लिगमा एपीएफसग ३–२ को सेटमा पराजित डायमण्डलाई उपाधि जित्नका लागि शनिवार हुने एपीएफ बिरुद्धको खेलमा स्पष्ट ३ अंक जोड्नु पर्ने छ।

लिगको समिकरण अनुसार एपीएफ न्यु डायमण्डसँग ३–२ को सेटमा हारे पनि उपाधि बिजेता बन्ने छ। न्यु डायमण्डले उपाधि जित्नका लागि कम्तिमा ३–१ को सेटमा एपीएफलाई हराउनु पर्ने छ।

शुक्रवारै भएको अन्य खेलमा आर्मी र पुलिसले पनि जित निकालेका छन्। आर्मीले मेघौली स्पोर्टस्लाई २५–१८,२५–२१, २५–२१ को सोझो सेटमा हरायो। पुलिसले श्रीगाउँलाई २५–८,२५–१२, २५–१७ को सेटमा हरायो।

पुलिसको १५ खेलबाट ३३ अंक भएको छ। टप्सको १६ खेलबाट ३३ अंक रहेको छ। त्यस्तै आर्मीको १६ खेलबाट २७ अंक रहेको छ।

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपबिजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन्। यस्तै चौथौ हुनेले ५० हजार, पाचौँले ४० हजार, छैठौंले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद प्राप्त गर्नेछन्।

प्रतियोगिताको चार विधामा उत्कुष्ट खेलाडीले युएम पावर म्याक्स स्कुटर पाउने छन्। बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटर पाउने छन्। प्रतियोगिताका  बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भिर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचले जनही ५ हजार पुरस्कार प्राप्त गर्नेछन्।

यस्तै प्रतियोगिता शुरु भएको दिनदेखि अन्तिम समयसम्म टिकट काटेर खेल हेर्न आउने दर्शक मध्ये लक्की ‘ड्र’ बाट एक जनाले पावरम्याक्स स्कुटी प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell