PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

किरणको टोली मिनेर्भा पञ्जाव पराजित



पहिलोपोस्ट

किरणको टोली मिनेर्भा पञ्जाव पराजित

काठमाडौं : आइ लिगमा नेपालका नम्वर वान गोलकिपर किरण चेम्जोङको टोली मिनेर्भा पञ्जाव पराजित भएको छ।

बिहीवार भएको खेलमा शीर्ष स्थानको मिनेर्भा चर्चिल ब्रदर्ससाग २-१ ले पराजित भएको हो।

मंगलवार भएको खेलमा मिनेर्भाले इस्ट बंगलासाग बराबरी खेल्दा किरणले पेनाल्टी बचाएका थिए। तर बिहीवार भने किरणले पेनाल्टी रोकन सकेनन्।

खेलको १७औं मिनेटमा चर्चिल ब्रदर्सका कोफी मेचाचले गोल गर्दै पहिले अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी समयमा वायन भाजले गोल गर्दै चर्चिल ब्रद्सको अग्रता दोब्बर पारे।

पहिलो हाफमा दुई गोलले पछि परेको मिनेर्भाले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गर्‍यो। तर एक गोल मात्र गर्न सफल हुँदा हार टार्न सकेन।

मिनेर्भाका लागि ५७औं मिनेटमा कासिम अइदाराले गोल गरे।

पराजयका वावजुत पनि १२ खेलबाट २६ अंक जोडेको मिनेर्भा शीर्ष स्थानमा कायमै छ। किरण खेलेपछि मिनेर्भाले यसअघि एक खेलमा जित र एक बराबरीको नतिजा निकालेको थियो। आइ लिगमा किरणको भने यो पहिलो हार हो।

१३ खेलबाट २४ अंक जोडेको नेरोका दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell