PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

थ्री स्टारलाई हराउँदै पुलिसले जित्यो १६औँ आहा रारा गोल्डकपको उपाधि



पहिलोपोस्ट

थ्री स्टारलाई हराउँदै पुलिसले जित्यो १६औँ आहा रारा गोल्डकपको उपाधि
फोटो : सुदर्शन रन्जित

पोखरा : नेपाल पुलिस क्लब रुस्लान थ्री स्टारलाई पराजित गर्दै १६औँ आहा रारा गोल्डकपको उपाधि जितेको छ।

पोखरा रंगशालमा शनिवार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले थ्री स्टारलाई १–० गोलले पराजित गर्दै आहा रार गोल्डकपमा पाँचौ पटक च्याम्पियन बनेको हो।

निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयको १२औं मिनेटमा पुलिसका राम वाजीले गोल गरेका थिए। खेलको १०२ औं मिनेटमा रवी पासवानको पासमा निर कुमार राईले ब्याक फ्लिप गर्दै मिलाएको पासमा रामले गोल गरका थिए।

उक्त गोल नै पुलिसलाई उपाधि दिलाउन निर्णायक बनेको हो।

पहिलो हाफको सुरुआति १० मिनेट थ्री स्टार हावी देखिए पनि पुलिसका युवा खेलाडीले राम्रो प्रदर्शन गरेका थिए।

च्याम्पियन पुलिसले नगद ७ लाख प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ। उपबिजेता थ्री स्टारले ३ लाख ५० हजार प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ।

यस्तै प्रतियोगिताको मोस्ट भ्याल्एबल प्लेअर पुलिसका रवि पासवान घोषित भए। उनले एक थान स्कुटर हात पारे।

अन्य व्यक्तिगत विधातर्फ पुलिस र थ्री स्टारका खेलाडीले अवार्ड पाए। उत्कृष्ट सबैले १५ हजार हात पारे।

व्यक्तिगत विधामा उत्कृष्टहरु

उत्कृष्ट गोलकिपर : सत्रुधन चौधरी (पुलिस)

उत्कृष्ट डिफेन्डर : अजित भण्डारी (पुलिस)

उत्कृष्ट मिडफिल्डर : सुनिल बल (थ्री स्टार)

उत्कृष्ट फरवार्ड : विश्वास श्रेष्ठ (थ्री स्टार)

उत्कृष्ट कोच : अनन्त थापा (पुलिस)

सर्वाधिक गोलकर्ता : विश्वास श्रेष्ठ (थ्री स्टार) र सुमन लामा (पुलिस)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell