PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

आइ लिग : वैकल्पिक खेलाडीको रुपमा विमलको डेब्यु, मोहन बगान विजयी



पहिलोपोस्ट

आइ लिग : वैकल्पिक खेलाडीको रुपमा विमलको डेब्यु, मोहन बगान विजयी

काठमाडौ : नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्ती मगरले जितका साथ भारतीय आइ लिगमा डेब्यु गरेका छन्। आइ लिग अन्तर्गत शनिवार भएको शिलोङ लाजोङ विरुद्धको खेलमार्फत विमलले डेब्यु गरेका हुन्। उक्त खेलमा मोहन बगान ३-० ले विजय भयो।

तर विमलले पहिलो रोजाईमा खेल्न पाएनन् र इन्जुरी टाइमको दोस्रो मिनेटमा गोलकर्ता अकरम मोगार्बीको स्थानमा मैदान छिरेका थिए।

त्यसअघि नै मोहन बगानले ३ गोल गरिसकेको थियो।

मोहन बगानका लागि दिपन्दा डिकाले ३०औँ, अकरमले ८६औँ र एसके फैएजले ८९औँ मिनेटमा गोल गरेका हुन्।

जितपछि मोहन बगानले १२ खेलबाट २० अंक जोडेको छ। १२ खेलबाट २६ अंक रहेको नेपाली गोलकिपर किरण चेम्जोङको टिम पञ्जाव मिनेर्भा शीर्ष स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell