PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

यू १९ वर्ल्ड कप क्रिकेट : अष्ट्रेलियालाई हराउँदै भारतले जित्यो कीर्तिमानी चौथो पटक उपाधि



पहिलोपोस्ट

यू १९ वर्ल्ड कप क्रिकेट : अष्ट्रेलियालाई हराउँदै भारतले जित्यो कीर्तिमानी चौथो पटक उपाधि

यू-१९ वर्ल्ड कप क्रिकेटको उपाधि भारतले जितेको छ। शनिवार भएको फाइनलमा अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै भारतले कीर्तिमानी चौथो पटक युथ वर्ल्ड कपको उपाधि जितेको हो।

भारतले यसअघि २०००, २००८ र २०१२ मा उपाधि जितेको थियो। फाइनलमा पराजित अष्ट्रेलियाले यसअघि १९९८, २००२ र २०१० मा उपाधि जितेको थियो।

भारतलाई चौथो पटक च्याम्पियन बनाउन मन्जोत कालराले शतक प्रहार गरे।

उनक नटआउट १०१ रनको मद्दतमा भारतले २१७ रनको लक्ष्य ३८.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। १०२ बत्रल खेलेका मन्जोतले ८ चौका र ३ छक्का प्रहार गरे।

यस्तै शुभम गिलले ३१ तथा कप्तान पृथ्वी शाले ३१ रन बनाए भने हार्दिक देशाई ४७ रनमा नटआउट रहे।

त्यसअ३ माउन्ट मानगुनाईस्थित बे ओभलमा टस जितेर पहिले ब्या६ङ गरको अष्ट्रेलियाले ४७.२ ओभरमा अलआउट हुँदै २१६ रन मात्र बनाउन सक्यो।

अष्ट्रेलियाका लागि जोनाथन मेर्लोले सर्वाधिक ७६ रन बनाए भने उपालपरम उपालले ३४ रन जोडे। बलिङमा भारतका इशान पोरेल, शिव सिंह, कमलेश नगरकोटी र अनुकुल रोएले समान २ विकेट लिए।

भारतका शुभमान गिल प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell