PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

बुढासुब्बा गोल्डकप : पहिलो खेलमै हार्‍यो मनाङ मर्स्याङ्दी, संकटा सेमिफाइनलमा



पहिलोपोस्ट

बुढासुब्बा गोल्डकप : पहिलो खेलमै हार्‍यो मनाङ मर्स्याङ्दी, संकटा सेमिफाइनलमा

धरान : मनाङ मर्स्याङ्दी २०औँ बुढासुब्बा गोल्डकपको पहिलो खेलमै पराजित हुँदै प्रतियोगाबाट बिहरिएको छ। शनिवारदेखि सुरु भएको मोफसलको सबैभन्दा पुरानो अहिले भइरहेका मध्ये प्रतियोगिताको उद्घाटन खेलमा सिएमसी संकटा मनाङलाई १-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

धरान रंगशालामा भएको खेलमा संकटालाई जित दिलाउन अर्नेस्टले ७५औं मिनेटमा एक मात्र निर्णायक गोल गरे। विजयी गोल गरेका संकटाका अर्नेस्ट म्यान अफ द म्याच घोषित भए। उनले नगद १० हजार हात पारे।

प्रतियोगिता अन्तर्गत भोली आइतवार आयोजक धरान एफसी र दुर्गापुर स्टिल, कोलकाताबीच हुने खेल हुनेछ।

धरान फुटबल क्लब, सुनसरीको आयोजनामा भइरहेको २०औँ संस्करणमा नेपाल र भारतका गरी कुल ८ टोलीहरुको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ५५ हजार रुपैयाँ हात पार्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell