एजेन्सीः पाकिस्तानमा भएको एक आत्मघाती हमलामा परी ११ जनाको ज्यान गएको छ। मृतकमध्ये केही सैनिक अधिकारी पनि रहेको बताइएको छ। खैवेर पख्तुनखवा प्रान्तको स्वात जिल्लामा हमला भएको हो।
आत्मघाती हमलाकारीले सैन्य क्याम्प नजिक निशाना बनाएका थिए। पाकिस्तानी तालिवानले घटनाको जिम्मेवारी लिएको छ।