PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

राजधानी विवादः जनकपुरमा प्रदेश सभाको अधिवेशन, वीरगंजमा बिहानैदेखि बन्द



राधेश्याम पटेल

राजधानी विवादः जनकपुरमा प्रदेश सभाको अधिवेशन, वीरगंजमा बिहानैदेखि बन्द

वीरगंजः सरकारले प्रदेश नम्बर दुईको अस्थायी राजधानी जनकपुरलाई तोकेपछि सुरु भएको वीरगंजको विरोध प्रर्दशन कायमै छ। प्रदेश २ को प्रदेश सभाको पहिलो अधिवेशन आह्वानको दिन पनि वीरगंजमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ।

शनिबार साँझ वीरगंजमा संघर्ष समितिले मसाल जुलुशसहित प्रदर्शन गरेको थियो। साँझ ५ बजे घण्टाघरबाट निकालिएको मसाल जुलुश, मकालु चोक, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो।

वीरगंजलाई उपहास गरी जनकपुरलाई सरकारले अस्थायी राजधानी तोकेको भन्दै वीरगंजमा बन्द हडताल तथा विरोधका कार्यक्रम चर्किन थालेका छन्। पुस २० देखि संघर्ष समितिले रिले अनशन जारी राखेको छ।

सरकारले माघ ३ गते जनकपुरलाई अस्थायी राजधानी तोकेको थियो।

प्रदेशको स्थायी राजधानी भने सम्वन्धित प्रदेशको दुई तिहाई बहुमतले तय गर्नेछ।

प्रदेश नं २ को प्रदेशसभा बैठकले राजधानीको विषयमा उचित निर्णय लिने आश्वासन संघर्ष समितिलाई दिँइदै आइएको छ। प्रदेश नं २ मा मधेशी गठबन्धन फोरम नेपाल र राजपाको संयुक्त सरकार बन्ने निश्चित भएसँगै वीरगंजमा मधेसवादी दल बाहेकका कांग्रेस, एमाले र माओवादीका नेता कार्यकर्ताहरुले आन्दोलन चर्काउँदै आएका छन्।

वीरगंजको विरोधका बीच प्रदेश २ को प्रदेशसभा बैठक आज जनकपुरमा सुरु हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell