PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

सेनामा जागिरको अवसरः सैन्य र प्राविधिकमा १७ सय ४१ जनशक्ति माग

सेनामा जागिरको अवसरः सैन्य र प्राविधिकमा १७ सय ४१ जनशक्ति माग

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः नेपाली सेनाले सैन्य र प्राविधिक सेवा गरी एकैपटक १७ सय ४१ जनशक्ति माग गरेको छ। सेनाले सैन्यतर्फ १५ सय ८० र प्राविधिकतर्फ १६१ जनशक्ति आह्वान गरेको हो। खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ।

सैन्यतर्फ जंगी अड्डा, तथा सबै पृतना र बाहिनीका लागि छुट्टाछुट्टै पदपूर्तिको सूचना निकालिएको छ। जंगी अड्डामा खुला तथा समावेशी गरी २०० सैन्य माग गरिएको छ। यस्तै, सहायक पण्डित, अमल्दार कर्मचारी, ड्राइभर, सुचिकार, कुचिकार सिकर्मी लगायतका प्राविधिक दरबन्दीमा जनशक्ति माग गरेको छ। 

आवेदकले जंगी अड्डा तथा अन्य विज्ञापन भएका भर्ना केन्द्रहरुमा आवेदन दिन सक्नेछन्। माघ २१ गतेदेखि फागुन २८ गतेसम्म दरखास्त दिन सकिनेछ। 

हेर्नुस् विज्ञापन
 


ट्रेन्डिङ पोस्ट

Ncell