PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

ला लिगा : रियल मड्रिड लेभान्टेसँग बराबरीमा रोकियो



पहिलोपोस्ट

ला लिगा : रियल मड्रिड लेभान्टेसँग बराबरीमा रोकियो

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिड लेभान्टेसँग २-२ गोलको बराबरीमा रोकिको छ। रियलले दुई पटक नै अग्रता बनाएपनि लेभानटेले घरेलु मैदानमा बराबरी गोल फर्काएको हो।

लेभान्टेका गियामपाओली पिज्जनीले ८९औँ मनेटमा गोल गर्दै जित नजिक पुगेको रियललाई अंक बाँड्न बाध्य बनाएको हो। त्यसअघि रियलका लागि कप्तान सर्जियो रामोसले ११औँ मनेटमा गोल गरेका थिए। लेभान्टेका लागि इभी लोपेजले २६औँ मनेटमा बराबरी गोल फर्काए। ८१औ मिनेटमा इस्कोले गोल गरेपछि रियलले २-१ को अगरता बनाएको थियो तर अन्तिम समयमा गोल खाएपछि रियल अंक बाँड्न बाध्य भयो।

बराबरीपछि २१ खेलबाट ३९ अंक जोडेको रियल चौथो स्थानमा यथावत छ। समान खेलबाट ५७ अंक जोडेको बार्सिलोना शीर्ष सथानमा आसिन छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell