PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

वाम गठबन्धनको सरकार कसैले रोक्न सक्दैनः श्रेष्ठ



पहिलोपोस्ट

वाम गठबन्धनको सरकार कसैले रोक्न सक्दैनः श्रेष्ठ

काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम गठबन्धनको सरकार बन्नेमा आशंका नगर्ने आग्रह गरेका छन्।

वाम गठबन्धनले प्राप्त गरेको जनादेश अनुसार सरकार बन्ने दाबी गर्दै उनले सरकार निर्माण गर्न कसैले रोक्न नसकने बताएका हुन्।

नेता श्रेष्ठले ट्विटमार्फत भनेका छन्, केही दिन यता वाम गठबन्धनको सरकार बन्नेमा आशंका प्रकट गर्दै सार्वजनिक अभिव्यक्तिहरु आउन थालेका छन्। म दृढतापूर्वक स्पष्ट पार्न चाहान्छु, जनादेश अनुसार वाम गठबन्धनको सरकार सुनिश्चित छ। यसलाई कसैले भत्काउन सक्ने छैन।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य उपचार गराउन बैंकक जाँदा अन्तर्राष्ट्रिय विमानस्थलमा १५÷२० दिनमा पार्टी एकता हुने र नयाँ सरकार बन्ने बताएका थिए। बैंककबाट फर्किएपछि उनले आफूले त्यसो नभनेको उल्लेख गर्दै पार्टी एकतामा केही समय लाग्ने बताएका थिए।

अहिले पार्टी एकताको विषय सेलाएको छ। राष्ट्रियसभा सदस्य उम्मेदवारको टुंगो लगाउने र प्रदेश सरकार निर्माणमा गृहकार्य बाहेक अरु काम हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell