PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रिमियर लिग : आरोन राम्सेको ह्याट्रिक, औवामेयाङको डेब्युमै गोल



पहिलोपोस्ट

प्रिमियर लिग : आरोन राम्सेको ह्याट्रिक, औवामेयाङको डेब्युमै गोल

आरोन राम्सेको ह्याट्रिक मद्दतमा आर्सनलले प्रिमियर लिगमा एभरटनलाई ५-१ ले पराजित गरेको छ। राम्सले छैटौँ, १९औँ र ७४औँ मिनेटमा गोल गरे।

आर्सनलको शानदार जितमा भर्खरै मात्र बोरुसिया डर्टमण्डबाट लण्डन पुगेका पिएरे एमरिक औवामेयाङले डेब्युमै गोल गरे। यस्तै लरेन्ट कोसिनलेले एक गोल गरे। कोसिनलेले १४औँ तथा ओवामेयाङले ३७औँ मिनेटमा गोल गरे।

एभरटनका लागि डवमिनिक लेविनले एक गोल फर्काए।

जितपछि २६ खेलबाट ४५ अंक जोडेको आर्सनल छैटौँ स्थानमै यथावत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell