PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

प्रधानन्यायाधीश पराजुलीको नागरिकता विवादः प्रतिलिपि माग गर्दै डा. केसीले दिए तनहुँ जिल्ला प्रशासनमा निवेदन 



पहिलोपोस्ट

प्रधानन्यायाधीश पराजुलीको नागरिकता विवादः प्रतिलिपि माग गर्दै डा. केसीले दिए तनहुँ जिल्ला प्रशासनमा निवेदन 

काठमाडौँः प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै डा. गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दर्ता गराएका छन्। केसीले वारेसमार्फत आइतबार बिहान निवेदन दर्ता गरेका हुन्। केसीका तर्फबाट शशी विक्रम कार्कीले निवेदन दर्ता गरेका हुन्। 

यसअघि केसीले माघ १७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएका थिए। डा. केसीले प्रधानन्यायाधीश पराजुलीले पहिलोपटक २०३० सालमा लिएको नागरिकतामा उमेर २१ वर्ष कायम गरेको र २०६७ मा लिएको प्रतिलिपिमा जन्ममितिको पूरा विवरण राखेको भन्दै के कति कारणले उमेर फरक परेको भन्दै जिल्ला प्रशासनमा निवेदन दर्ता गरेका हुन्।  


केसीले निवेदनमा पराजुलीले पहिलोपटक २०३० सालमा लिएको नागरिकता, २०५३ मा काठमाडौँबाट लिएको प्रतिलिपि र २०६७ मा पुन उमेरको विवरण खुलाई लिएको प्रतिलिपिबारेका सूचना माग गरेका छन्। उनले स्थायी ठेगाना तनहुँ भएका व्यक्तिले कसरी काठमाडौँबाट प्रतिलिपि लिए भन्नेबारेमा पनि जवाफ माग गरेका छन्। पराजुलीका नागरिकताका सम्वन्धमा भएका अभिलेख, निर्णयसहितको प्रतिलिपि डा. केसीले माग गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell